नेपाल र आयरल्याण्ड ए टिमबीचको टी-२० क्रिकेट सिरिज आज सुरु हुँदै

चैत्र १५, २०८० | काठमाडौं

नेपाल ए र आयरल्याण्ड उल्भ्स ए टिमबीचको तीन टी–२० क्रिकेट सिरिज आज सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल ए र आयरल्याण्ड ए टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । 

नेपाल भ्रमणमा रहेको आयरल्याण्डको टिमले यसअघि नेपाली सिनियर टोलीसँग दुई टी–२० क्रिकेट सिरिज खेलेको थियो । सो सिरिज नेपालले क्लिन स्विप गरेको थियो । 

अब आयरल्याण्ड ए टिमले नेपाल ए टिमसँग तीन टी–२० र तीन वटा एकदिवसीय क्रिकेट खेल्नेछ । नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । नेपाल क्रिकेट संघले टी–२० र ओडीआई सिरिजका लागि भण्डारीको कप्तानीमा छुट्टाछुट्टै टिमको घोषणा गरेको छ ।

टी–२० सिरिजका लागि भण्डारीको कप्तानीमा रहेको नेपाल ए टिममा लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन् । 

टी–२० पछि आयरल्याण्ड ए टिमले नेपाल ए टिमसँग तीन एकदिवसीय क्रिकेट खेल्नेछ । ओडीआई सिरिजका लागि पनि क्यानले छुट्टै टिमको घोषणा गरिसकेको छ । 


प्रतिक्रिया