आयरल्याण्ड ए सँग नेपाल ए २१ रनले पराजित

चैत्र १६, २०८० | काठमाडौं

टेस्ट राष्ट्रको मान्यता पाएको आयरल्याण्डको टोलीसँग नेपाली टोली पहिलो टि–२० क्रिकेटमा पराजित भएको छ । लोकेश बमले उत्कृष्ट शतक बनाएको खेलमा नेपाल २१ रनले पराजित भएको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुरुवाती ब्यटिङ गरको आइरिस टोलीलले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै दिएको २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १९ दशमलव ३ ओभरमा अल आउट हुँदै २ सय १ रनमा समेटिएको थियो ।

नेपालका लागि ओपनर लोकेश बमले ८ छक्का र ९ चौकाको मद्दतमा १ सय ६ रनको शतकिय इनिङ्स खेले । अर्का ओपनर विनोद भण्डारीले १६ रन बनाउँदा देव खनालले भने कुनै पनि रन बनाउन सकेनन् । पाँचौ नम्बरमा ब्याटिङ्का लागि आएका आरिफ शेखले ५ छक्का र १ चौकाको मद्दतमा ४९ रन बनाए । नेपालका लागि ४ जनाले कुनै पनि रन बनाउन सकेनन् भने ३ जनाले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

त्यसअघि ब्याटिङ गरेको आयरलयण्डको टोलीलले २ सय २२ रन बनाएको थियो । उसका लागि पिटर मुरले ४९, केड कार्माइकल र कप्तान निल रकले समान ३८, ३८ रन बनाए । यस्तै स्टेफन डोहेनीले ३४ रन बनाए । नेपालका लागि कमल ऐरीले ४ ओभर बलिङ गर्दै ३९ रन खर्चिएर ३ विकेट लिए । यस्तै आरिफ शेख र सागर ढकालले समान १, १ विकेट लिए ।

नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको टोलीलले पहिलो पटक आइरिस टोलीसँग टि–ट्वान्टी र्फम्याटमा सो खेल खेलेको हो । नेपाल भ्रमणमा रहेको आयरल्याण्डको टिमले अब भोलि र पर्सी पनि नेपाली टोलीसँग टी–२० र्फम्याटको खेल खेल्नेछ । त्यसपछि भने आगामी शुक्रबारबाट एक दिवसीय तीन खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।  


प्रतिक्रिया