एसएमएस फ्रेन्डसिप टी-२० कपको फाइनलमा नेपाल र गुजरात भिड्दै

चैत्र २५, २०८० | काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपको फाइनलमा आज गुजरात क्रिकेट एसोसिएसनसँग प्रतिस्पर्धा गर्दैछ । गुजरातको भापीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।
एसिया कप छनोटको तयारीमा भारत भ्रमणमा रहेको नेपाल लगातार तेस्रो जित हात पार्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेट, दोस्रो खेलमा बरोदालाई २७ रन तथा तेस्रो खेलमा गुजरातलाई ८ रनले हराएको थियो ।
डबल राउन्ड रोबिन लिगको शुक्रबारको अन्तिम खेलमा भने नेपाल बरोडा क्रिकेट एसोसिएसनसँग ३७ रनले पराजित भएको थियो ।
गुजरातले ४ मध्ये दुई खेल जितेको थियो । नेपाल आर्को साता हुने एसीसी प्रिमियर कप टी–२० क्रिकेट खेल्न भारतबाटै ओमान जानेछ ।
नेपाली टोलीले ओमानमा अप्रिल १२ बाट हुने एसिया कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप पनि खेल्दैछ ।