जीतपुर-सिमरा गोल्डकपको फाइनलमा मच्छिन्द्र र पुलिस भिड्दै

वैशाख ३, २०८१ | बारा

जीतपुर–सिमरा गोल्डकप फुटबलको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । बाराको सिमरा रंगशालामा हुने फाइनल खेल सोमबार साँझ ६ बजे सुरु हुनेछ । 

पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुर सिमरा गोल्डकपको फाइनलमा पुगेको हो । पहिलो पटक फाइनलमा पुगेको मच्छिन्द्र भने उपाधि हात पार्न हौसिएका छन् । पुलिस दोस्रो पटकमा उपाधि जित्ने दाउमा छ । 

यसअघि पुलिस छैटौं संस्करणको सिमरा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी क्लबस“ग २–० ले पराजित भएको थियो । आइतबारको प्रि–म्याच कन्फ्रेन्समा मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले जीतपुर–सिमराको उपाधि समेत आफ्नै पोल्टामा पार्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौं, त्यसै अनुसार टिम निर्माण गरिएको छ ।’

उता पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफूहरु वर्षको दोस्रो उपाधि जित्ने लक्ष्य लिएर सिमरा मैदानमा उत्रने बताउनुभयो । वर्ष २०८० को सुरुवातमा वीरगञ्ज गोल्डकपको उपाधि जितेको पुलिस क्लब अघिल्लो साता प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा पराजित भएको थियो । 

उहाँले वर्ष २०८० मा पुलिसका युवा खेलाडी सम्मलित टोलीले मोफसलका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको बताउ“दै जीतपुरसिमरा गोल्डकपको उपाधि सहित वर्ष २०८१ को सुरुवातका लागि आफूहरु उत्साहित रहेको बताउनुभयो ।

‘हाम्रा ऊर्जावान युवा शक्तिले यसवर्ष सिमरा रंगशालामा इतिहास रच्नेमा विश्वस्त छु’ प्रशिक्षक घिमिरेले भन्नुभयो । दोहोरो पहेँलो कार्डका कारण पुलिसले फाइनल खेलमा शिशिर चौधरीलाई गुमाउनेछ ।

यता स्टार खेलाडी विमल घर्तीमगर, मनिष डा“गी सम्मलित मच्छिन्द्रको टिममा भने कुनै परिवर्तन हुने छैन । मच्छिन्द्रका प्रशिक्षक न्यौपानेले आयुष घलान टिममा थपिने सम्भावना रहेपनि निश्चित भने नभएको जानकारी दिनुभयो । 

प्रतियोगिता अवधिभरको खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुबै टिमलाई उपाधिको बलियो दाबेदारको रुपमा आकलन गरिएको छ । मच्छिन्द्रले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० र सेमिफाइनलमा सलहेश युवा क्लब सिराहालाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । 

पुलिसले भने क्वार्टरफाइनलमा आयोजक सिमरालाई २–१ र सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३–२ ले पराजित गर्दै उपाधि होडमा पुगेको हो ।

जीतपुर सिमराका गोल्डकपका उपाधि विजेता टिम :

२०७९ चर्च ब्वाईज युनाईटेड

२०७८ न्युरोड टिम एनआरटी

२०७७ संकटा क्लब

२०७५ थ्रीस्टार क्लब

२०७४ त्रिभुवन आर्मी

२०७३ संकटा क्लब

२०७२ विजय युथ क्लब हेटौंडा

२०७१ त्रिभुवन आर्मी क्लब

२०७० नव जनजागृति युवा क्लब सिमरा

२०६९ मनाङ मस्र्याङदी क्लब

२०६८ मनाङ मस्र्याङदी क्लब

२०६७ हिमालयन शेर्पा क्लब

२०६६ मजदुर सहिद स्मृति क्लब स्रोत : आयोजक नव जनजागृति युवा क्लब 


प्रतिक्रिया