टि–ट्वान्टी क्रिकेटको अलराउण्डर तर्फ दीपेन्द्र विश्व वरियाताको ११ औं स्थानमा

वैशाख ५, २०८१ | काठमाडौं

नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी टि–ट्वान्टी क्रिकेटको अलराउण्डर तर्फ विश्व वरियाताको ११ औं स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आइसीसीले सार्वजनिक गरेको नयाँ बरियाताअनुसार दीपेन्द्र १४ स्थान सुधार गर्दै ११ औं स्थानमा पुगेका हुन् ।

ऐरीले भारत, श्रीलङ्का र अष्ट्रेलियाका मुुख्य खेलाडीलाई समेत पछि पार्दै आफ्नो स्थान सुधार गरेका हुन् ।

उनले प्रिमियर कप क्रिकेटको समूह चरणमा कतारविरुद्ध एक ओभरका ६ वटै बलमा छक्का प्रहार गरेका थिए । 


प्रतिक्रिया