जोकोभिच फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

जेष्ठ १६, २०८१ | काठमाडौं

विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । जोकोभिचले उपाधि रक्षा गर्ने क्रममा पिएर ह्युगोसलाई सजिलै पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । 

सर्बियाका ३७ वर्षीय जोकोभिचले मंगलबार राति रोलान्ड ग्यारोसमा भएको पहिलो राउण्डको खेलमा ६–४, ७–६ र ६–४ ले विजयी भए । 

कीर्तिमानी २४ पटकको ग्रान्ड स्लाम जितिसकेका जोकोभिच यस वर्ष आफ्नो लयमा फर्किन संघर्षरत छन् । 

जोकोभिच यस वर्ष कुनै प्रतियोगिताको फाइनलमा पुग्न सकेका छैनन् र उनको विश्व नम्बर एक वरियतामा जाननिक सिन्नरले टक्कर दिईरहेका छन् ।

यस्तै, महिलातर्फ डिफेन्डिङ च्याम्पियन आरयना सबलेन्काले प्रतिद्वन्द्वी एरिका एन्डरेभालाई ६–१ र ६–२ ले हराइन् । यस्तै एलेना रेबकिनाले बेल्जियमकी ग्रिट मिननेनलाई ६–२ र ६–३ ले पराजित गरिन् ।


प्रतिक्रिया