सहाना प्रधान स्मृति यू–१९ भलिबलः महिलातर्फ कोशी र बागमती प्रदेशको विजयी सुरुवात

असार १०, २०८१ | काठमाडौं

काठमाडौंमा जारी पहिलो संस्करणको सहाना प्रधान स्मृति यू–१९ भलिबलको महिलातर्फ कोशी र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै कोशीले विजयी भयो ।

कर्णालीमाथि कोशीले २५–२०, २५–१८ र २५–१९ को सेटमा जित हात पार्यो ।

अर्को खेलमा बागमतीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । गण्डकीले बागमतीलाई २५–१२, २५–९ र २५–१६ को सेट सुम्पियो ।

पुरुषतर्फ कर्णाली प्रदेशलाई ३–१ को सेटमा हराउँदै सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।

कर्णालीले दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारे पनि बाँकी सेट सुदूरपश्चिमले २५–२२, २५–२३ र २८–२६ ले जित्यो ।  


प्रतिक्रिया