एसिया कप छनोट: अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० ले पराजित

आश्विन ११, २०८१ | काठमाडौं

एएफसी यूू–२० एसियन कप छनोट फुुटबलको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० ले पराजित भएको छ ।

 चाइनिज ताइपेईमा आज भएको खेलमा बहराइनका लागि समी बसम अवादीले दुई तथा खालिद अल्खलाफ र अलि अहमेद हसनले समान १–१ गोल गोल गरे । 

पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा पुन २ गोल खायो । यो हारसँगै नेपालको यू–२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ ।

 नेपालले प्रतियोगिताका तीन खेलमध्ये दुईमा हार र एक खेलमा जित निकालेको थियो । तालिकाको शीर्ष स्थानमा रहने टोलीले सोझै चीनमा हुने प्रतियोगितामा स्थान बनाउनेछ ।

 छनोट प्रतियोगितमा रहेका १० समूहका उत्कृष्ट पाँच उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन् ।


प्रतिक्रिया