संकटा क्लब र पुलिस क्लबबीचको खेल स्थगित

आश्विन १२, २०८१ | काठमाडौं

एन्फा महिला लिग फुटबल अन्तर्गत संकटा क्लब र नेपाल पुलिस क्लबबीचको खेल स्थगित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने भनिएको खेल अत्यधिक वर्षाका कारण स्थगित भएको हो । 

संकटा क्लब र पुलिस क्लबबीचको खेल आज दिउँसो एक बजेका लागि तोकिएको थियो । अखिल नेपाल फुटबल संघले एक सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नभएसम्मको लागि सो स्थगित भएको जनाएको छ । 

महिला लिगमा विभागीय टोली पुलिस ८ खेलबाट १८ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । 

समान ८ खेलबाट ८ अंकका साथ संकटा भने तालिकाको सातौं स्थानमा छ । शीर्ष स्थानको एपीएफको २५ र दोस्रौ स्थानको त्रिभुवन आर्मी क्लबको २२ अंक छ ।


प्रतिक्रिया