एसिया कप क्रिकेट आजबाट सुरु हुँदै, उद्धघाटन खेलमा नेपालले युएईविरुद्ध खेल्ने

श्रावण ४, २०८१ | काठमाडौं

एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजबाट श्रीलंकामा सुरु हुँदैछ ।

नेपालले उद्धघाटन खेलमा संयुक्त अरब इमिरेट्स युएईविरद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

दाम्बुला क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयानुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

तेस्रो पटक एसिया कपमा सहभागीता जनाएको नेपाल विजयी सुरुवात गर्ने योजना सहित मैदान उत्रदै छ ।

नेपालले यूएईसहित समूह ए मा इण्डिया र पाकिस्तानसँग खेल्नेछ । 

एसिया कपको तयारीका लागि दुई साता अघि नै श्रीलंका पुगेको नेपालले यसअघि श्रीलंका क्रिकेट विकास बोर्डसँग तीन अभ्यास खेल खेलेको थियो ।

जसमध्ये पहिलो दुई खेलमा हार व्यहोरेको नेपालले अन्तिम खेल भने जितेको थियो ।

यस्तै आजै हुने समूह ए को अर्को खेलमा इण्डिया र पाकिस्तान भिड्ने छन् ।

यी दुई टोलीबीचको खेल साँझ सवा ७ बजे सुरु हुनेछ ।

प्रतियोगिताको समूह बी मा बंगलादेश, मलेसिया, आयोजक श्रीलंका र थाइल्याण्ड छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलामा प्रवेश गर्नेछन् । फाइनल खेल भने साउन १३ गते हुनेछ । 


प्रतिक्रिया