महिला विश्वकप क्रिकेटः फाइनल प्रवेशका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

कार्तिक १, २०८१ | काठमाडौं

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज ६ पटकको विजेता अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

 संयुक्त अरब इमिरेट्सको दुबईस्थित क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयानुसार राति पौने ८ बजे सुरु हुनेछ । 

अपराजित बन्दै सेमिफाइन यात्रा तय गरेको अस्ट्रेलिया समूह ‘ए’ को विजेता टोली हो । उसले समूह चरणका खेलमा इण्डिया, पाकिस्तान, न्युजिल्यान्ड र श्रीलंकालाई पराजित गरेको थियो । यता दक्षिण अफ्रिका समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । 

उसले समूह चरणका खेलमा बंगलादेश, स्कटल्यान्ड र वेष्ट इण्डिजलाई हराउँदा, इंग्ल्यान्डसँग भने हार व्यहोरेको थियो । महिला विश्वकप अन्तर्गत भोली हुने दोस्रो सेमिफाइनलमा न्युजिल्याण्ड र वेष्ट इण्डिजबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुनेछ ।


प्रतिक्रिया