बाग्मती प्रदेश सरकारले गर्यो पलेशालाई सम्मान

आश्विन ३, २०८१ | हेटौंडा

बाग्मती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक कास्य पदक दिलाएकी खेलाडी पलेशा गोवर्धनलाई १० लाख रुपैयाँसहित सम्मान गरेको छ ।

आज संविधान दिवसको अवसरमा हेटौंडामा बजारपरिक्रमासहित पदक विजेता पलेशालाई सम्मान गरिएको हो ।

पलेशासहित १९ औं एसियाली खेलकुद प्रतियोगितामा करातेबाट नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी खेलाडी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मान गरेको हो ।

प्रदेश सरकारले पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो । 

एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा ऐतिहासिक रजत जितेकी थिइन् । प्रदेश सरकारले उनका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ वाग्मती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरेको हो ।

एरिका र कुशलसहित नेपाली कराते टोली हाल एसियाली च्याम्पियनसिप खेल्न चीन गएका छन् । उनीहरुलाई बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश खेलकुद मन्त्री मिनकृष्ण महर्जनले सम्मान पत्र एवम् नगद हस्तान्तरण गरेका थिए ।


प्रतिक्रिया