हङकङविरुद्धको यू–१९ क्रिकेट सिरिजमा नेपालको क्लिन स्विप

पुस ५, २०८१ | काठमाडौं

नेपाल यू–१९ क्रिकेट टिमले हङकङ १९ टिमविरुद्धको तीन एकदिवसीय क्रिकेट शृंखला क्लीन स्विप गरेको छ ।

आज मूलपानी क्रिकेट रङ्गशालामा नेपालले हङकङमाथि १ सय ३० रनको जित निकालेको हो । नेपालले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा हङकङले ४९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३५ रन बनाएको हो ।

हङकङका लागि प्रीत मंगुकियाले सर्वाधिक ५५ रन बनाए । नेपालका अभिशेख तिवारी र अफ्रुदिन राइनले २÷२ विकेट लिए । त्यस्तै राजेश बोहरा, दीपक सेराला र सन्तोष यादवले १÷१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा १० अलआउट हुँदै २ सय ६५ रन बनाएको थियो ।

नेपालका लागि सुर्यांशु कोइरालाले सर्वाधिक ६० रन बनाए । हङकङका लागि ड्यानियल म्याप, पार्थ श्रीवास्तव, शायन पुरी र प्रीत मंगुकियाले २÷२ विकेट लिए । यसअघि नेपालले दोस्रो खेल २ सय २६ रन र पहिलो खेलमा हङकङमाथि ३ विकेटको जित हात पारेको थियो ।


प्रतिक्रिया