आर्मी र पुलिस एलिट कपको फाइनलमा

पुस २८, २०८१ | काठमाडौं

जय ट्रफी एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै पुलिसले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

 जनकपुरमा आज भएको खेलमा बागमतीले दिएको १ सय १६ रनको लक्ष्य पुलिसले ५ विकेटको क्षतिमा पूरा गर्यो।

त्यसअघि दोस्रो इनिङग्समा बागमती २ सय १८ रनमा अलआउट भएपछि पुलिसले १ सय १६ रनको लक्ष्य पाएको थियो ।

पहिलो इनिङग्समा बागमती १ सय १२ रनमै अलआउट हुँदा पुलिसले २ सय १५ रन जोडेको थियो ।

आजै भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्यो । 

खेलको दोस्रो दिन वीरगञ्जमा मधेशले दिएको २८ रनको झिनो लक्ष्य आर्मीले २ विकेट गुमाएर पार गर्यो ।

त्यसअघि दोस्रो इनिङग्समा मधेश १ सय ५० रनमा अलआउट भएपछि आर्मीले २८ रनको लक्ष्य पाएको थियो । 

पहिलो इनिङग्समा मधेश १ सय २ रनमै अलआउट भएको थियो । 

त्यसअघि आर्मीले ९ विकेटको क्षतिमा २ सय २५ रन बनाएर इनिङग्स समाप्तीको घोषणा गरेको थियो ।

पुलिस पहिलो र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । वीरगञ्जमा हुने फाइनल पर्सि मंगलबारदेखि सुरू हुनेछ ।


प्रतिक्रिया