नेपाली राष्ट्रिय महिला टीम खो खो विश्वकपको फाइनलमा
माघ ५, २०८१ | काठमाडौं
नेपाली राष्ट्रिय महिला टिम भारतमा जारी खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको पहिलो सेमिफाइनलमा नेपाली राष्ट्रिय महिला टिमले युगान्डाको टोलीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
नेपालले युगान्डामाथि ८९–१८ को फराकिलो अन्तरको जित हात पार्दै उपाधि यात्रा तय गरेको हो । अब नेपालले उपाधिका लागि आजै हुने दक्षिण अफ्रिाका र आयोजक भारतबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो ।
यसअघि नेपालले इरानमाथि १०३–८ को फराकिलो अन्तरको जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो ।
नेपालले पहिलो खेलमा भुटानलाई ८३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगालादेशलाई ८३–२४ ले हराएको थियो ।