राइजिङ भरतपुर गोल्डकप माघ १२ देखि

माघ ५, २०८१ | चितवन

माघ दोस्रो सातादेखि चितवनको भरतपुरमा राइजिङ भरतपुर गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता भरतपुरको प्रहरी तालिम केन्द्रको खेल मैदानमा माघ १२ गतेदेखि १९ गतेसम्म आयोजना हुने आयोजक चितवन–११ फुटबल क्लबले जनाएको छ । 

सो प्रतियोगिातमा आठ टिमले भाग लिने शनिबार आयोजितक पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष शुशिल कार्कीले जानकारी दिनुभयो । प्रतियोगिातको विजेता टिमले सात लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । 

उपविजेताले तीन लाख रुपैयाँ पाउनेछ । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट रक्षापंक्तिको खेलाडीलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार दिने आयोजक क्लबका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

प्रत्येक खेलमा प्लयेर अफ दि म्याचले नगद पाँच हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा नेपाल पुलिस क्लबसहित काठमाडौंको सरस्वती क्लब, सर्लाहीको बागमती युवा क्लब सहभागिता रहनेछ ।

त्यसैगरी चितवनको प्याराडाइज युथक्लब, भरतपुर–२४ खेलकुद विकास समिति, आँबुखैरहनी गाउँपालिका फुटबल क्लब, गैंडाकोट फुटबल क्लब, र चितवन कालिका नगरपालिकाको सूर्यपुर फुटबल क्लबले पनि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । क्लबले गत वर्ष तीन लाख रुपैयाँ पुरस्कारको भरतपुर च्याम्पिएनसिप फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।


प्रतिक्रिया