टि–ट्वान्टी महिला विश्वकपः दोस्रो खेलमा पनि नेपाल पराजित

माघ ७, २०८१ | काठमाडौं

आइसीसी यु–१९ महिला टि–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

 मलेसियामा भएको खेलमा नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित भएको हो । नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ९ विकेट गुमाएर ८ वल अगावै पूरा ग¥यो । 

त्यसअघि शुरुवाती व्याटिङ गरेको नेपाल १८ दशमलव ५ ओभरमा ७३ रनमा अल आउट भएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । 

नेपाल आफ्नोे पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपालले अब आफ्नो तेस्रो तथा समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया