प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटः उपाधिका लागि एपीएफ र सुदूरपश्चिम खेल्ने

माघ ११, २०८१ | काठमाडौं

धनगढीमा जारी प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगोगिताको उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । 

फाप्ला क्रिकेट मैदानमा भएको सुपर फोरको खेलमा एपीएफले त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेशले बागमतीलाई पराजित गर्दै उपाधि यात्रा तय गरेका हुन् । १ सय १३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश १९ दशमलव ४ ओभरमा अल आउट हुँदै ८२ रनमा समेटिएसँगै सुदूरपश्चिम ३० रनको जितसहित उपाधि नजिक पुगेको हो । त्यसअघि सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।

 सुदूरपश्चिम प्रदेश अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै एपीएफले उपाधि यात्रा तय ग¥यो । एपीएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको आर्मी ४६ रनमा अल आउट भयो ।

 एपीएफले ३ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । एपीएफ सुपर फोरको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।  


प्रतिक्रिया