टाइगर कप भलिबलः महिलातर्फ एपीएफ र नेपाल पुलिस विजयी

माघ १४, २०८१ | काठमाडौं

टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ आज भएका दुई खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । 

 एपीएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्बलाई ३–० को सोझो सेटमा पराजित गरेको हो भने पुलिस क्लबले थाइल्यान्डको टोली ट्राभल इन्क्वाइरी युनाईटेडमाथि ३–१ सेटमा जित निकालेको हो । 

 पोखरा रंगशालामा भएको पहिलो खेलमा न्यू डायमन्डीवरुद्ध पहिलो सेटबाटै हाबी भएको एपीएफले २५–२२, २५–२३ र २५–२१ ले जित निकाल्यो । आजको दोस्रो खेलमा पहिलो सेट २३–२५ले गुमाएको पुलिस क्लबले थाइल्यान्डको टोली ट्राभल इन्क्वाइरी माथि लगातार तीन सेटमा पुनरागमन गर्दै २५–१४, २५–१८ र २५–१७ ले आफ्नो पाक्षमा पार्यो ।

पुरुषतर्फ गण्डकी प्रदेशको टीम र आयोजक टीप टप हेल्प नेपालबीच खेल भने स्थगीत भएको छ । कोर्टमा लाइट पर्याप्त नभएपछि खेल भोलिका लागि सारिएको छ । सुरुवाती दुई सेट २५–२२ र २७–२५ ले जितेको टीप टप हेल्प नेपाल क्लब तेस्रो सेटमा २६–२८ ले पराजित भएसँगै खेल अर्कोे सेटमा प्रवेश गरेको छ ।

त्यसअघि आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले भारतीय टोली सुनिल कुमार भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २५–१० र दोस्रो सेट २५–१३ ले जितेको पुलिसले आफ्नो आग्रता जोगाउन नसक्दा तेस्रो सेटमा २२–२५ ले पराजित भएको थियो । चौथो सेटको खेलमा पुनरागमन गर्दै पुलिस २५–२२ को नतिजासहित विजयी भयो ।  


प्रतिक्रिया