चेल्सी प्रिमियर लिगको शीर्ष चारमा फर्कियो

माघ २२, २०८१ | काठमाडौं

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै वेस्ट ह्यामलाई पराजित गरेको छ । चेल्सीले घरेलु मैदान स्ट्यामफोर्ड ब्रिज स्टेडियममा भएको पछिल्लो खेलमा पाहुना टोली वेस्ट ह्यामलाई २–१ गोलले हराएको हो । 

यो जतिसँगै चेल्सी प्रिमियर लिगको शीर्ष चारमा फर्किएको छ । वेस्ट ह्यामले खेलको ४२ औं मिनेटमा जारोड बोवेनको गोल मार्फत अग्रता लिएको थियो । खेलको ६४ औं मिनेटमा पेड्रो नेटोले चेल्सीका लागि बराबरी गोल फर्काए । चेल्सीले एक गोल भने उपहार स्वरुप पाएको थियो ।

खेलको ७४ औं मिनेटमा वेस्ट ह्यामका आरोन वान–बिसाकाले गरेको आत्मघाती गोल घरेलु टोलीको जितका लागि पर्याप्त बन्यो । यो नतिजापछि चेल्सी ४३ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको हो । वेस्ट ह्याम भने २७ अंकसहित १५ औं स्थानमा रह्यो ।


प्रतिक्रिया