बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश

माघ २५, २०८१ | काठमाडौं

बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनल पुगेको छ ।

गएराति भएको क्वाटरफाइनलमा भ्यालेन्सीयालाई ५–० गोलले हराउँदै बार्सिलोनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि फेरान टोरेसले तेस्रो, १७ औं र ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । 

फर्मिन लोपेजले खेलको २३औं मिनेटमा बार्सिलोनाका लागि गोल गरे । 

खेलको ५९औं मिनेटमा गोल लमिन यमालले गोल गर्दै बार्सिलोनालाई सेमिफाइनल पुर्याए ।

यस्तै, गएराति नै भएको अर्को क्वाटरफाइनल खेलमा रियल सोसिडाडले ओसासुनालाई २–० ले पराजित गर्दै अन्तिम ४ को यात्रा पक्का गर्यो । यो सँगै कोपा डेल रेको सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको छ ।

सेमिफाइनलमा एट्लेटिको मड्रिड, रियल मड्रिड, रियल सोसिडाड र बार्सिलोना पुगिसकेका छन् ।


प्रतिक्रिया