च्याम्पियन्स ट्रफिः उद्घाटन खेलमा न्यूजील्याण्डद्वारा पाकिस्तानसामू ३ सय २१ रनको लक्ष्य

फाल्गुन ७, २०८१ | काठमाडौं

पाकिस्तानमा आजबाट सुरु भएको च्याम्पियन्स ट्रफिको उद्घाटन खेलमा न्यूजील्याण्डले घरेलु टोली पाकिस्तानलाई जितका लागि ३ सय २१ रनको लक्ष्य पेश गरेको छ । 

कराँचीमा भएको खेलमा टस हारेर ब्याटिङ सुरु गरेको न्यूजील्याण्डले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ३ सय २० रनको योगफल बनएको हो । उसका लागि टम लाथमले सर्वाधिक १ सय १८ रन बनाए । यस्तै ओपनर ब्याटर विल योङले १ सय ७ रनको सतकीय इनिङ्स खेले ।

पाकिस्तानमा अयोजित सो प्रतियोगिता अन्तर्गत भारतको खेल भने संयुक्त अरब इमिरेट्स युएईमा आयोजना हुनेछ । दुई वर्षअघि भारतमा आयोजना भएको एक दिवसीय विश्व कपको शीर्ष ८ टोलीबीच च्याम्पियन्स ट्रफीका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 

पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, अफगानिस्तान, इङ्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् । फाइनल फागुन २५ मा हुनेछ । 


प्रतिक्रिया