बागमती गोल्डकपको सेमिफाइलन समिकरण पूरा

फाल्गुन ८, २०८१ | मकवानपुर
सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
बागमती–४ स्थित सहिद स्मृति रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा सर्लाहीको बागमती युवा क्लबलाई १–० गोलले हराउँदै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको छ ।
मछिन्द्रको जीतमा खेलको ४३ औं मिनेटमा रेजिन सुब्बाले पेनाल्टीमार्फत गोल गरेका थिए । पहिलो सेमिफाइनलमा भोलि चर्च व्वाइज युनाईटेड र संकटाक्बलबीच प्रतिस्पर्धा हुनेछ ।
शनिबार हुने दोस्रो सेमिफाइनलमा मछिन्द्रले थ्रीस्टार क्लबसँग खेल्नेछ । प्रतियोगिताको च्याम्पियन टोलीले १०लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।