अस्ट्रेलियाका म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक

फाल्गुन १८, २०८१ | काठमाडौं
अखिल नेपाल फुटबल संघ एन्फाले अस्ट्रेलियाका म्याट रसलाई नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनलाई तत्कालका लागि एक वर्षको लागि प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ । एन्फाका तर्फबाट महासचिव किरण राईले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एसियन कप छनोटको खेल सुरु हुन झन्डै ३ साता समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाले रसलाई औपचारिक रुपमा आज नियुक्त गरेपनि उनी महिना दिनभन्दा लामो समयदेखि नेपालमै रहेका थिए ।