इंग्लिस प्रिमियर लिगमा न्युक्यासल विजयी

फाल्गुन २७, २०८१ | काठमाडौं
न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामलाई पराजित गरेको छ । लन्डन स्टेडियममा गएराति भएको खेलमा न्युकासलले घरेलु टोली वेस्ट ह्यामलाई १–० गोलले हराएको हो ।
यो जितसँगै न्युकासलले शीर्ष चारमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा ब्रुनो गुइमारेसले गरेको एक मात्र गोल न्युकासलको जितका लागि पर्याप्त बन्यो । खेलको ६३ औं मिनेटमा हार्वे बान्र्सको पासलाई गुइमारेसले गोलमा परिणत गरेका थिए ।
यो जितसँगै न्युकासल प्रिमियर लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ । न्युकासलले २८ खेलबाट ४७ अंक जोडेको छ । यो चौंथोमा रहेको चेल्सीसँग दुई अंकको मात्र दूरी हो । चेल्सीको समान २८ खेलबाट ४९ अंक रहेको छ ।
पाँचौंमा रहेको म्यानचेस्टर सिटीको समान ४७ अंक रहेको छ । न्युकासलले यो जितसँगै आइतबार हुने लिगकप फाइनलको तयारी पनि गरेको छ । वेम्बलीमा हुने खेलमा न्युकासलले लिभरपुलको सामना गर्दैछ ।