नेपालद्वारा युगान्डा १ विकेटले पराजित

फाल्गुन २५, २०८१

नेपालले वुमेन्स डे महिला टी–२० अन्र्तराष्ट्रिय सिरिजमा घरेलु टोली युगान्डालाई १ विकेटले पराजित गरेको छ । युगान्डाले दिएको ७६ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन जोडिन् । पूजा महतो १६ र रुविना क्षेत्री १० रनमा आउट भइन् ।

त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको थियो । सिरिजमा नेपालको यो पहिलो जित हो । पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । सिरिजमा पहिलो हार व्यहोरेको युगान्डाले आफ्नो अघिल्लो खेलमा हङकङलाई पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेल भोली हङकङसँग खेल्नेछ ।


प्रतिक्रिया