हिमालयन शेर्पा जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा

चैत्र २६, २०८१ | बारा
हिमालयन शेर्पा क्लब बारामा जारी जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार साँझ भएको खेलमा ‘ए’ डिभिजन फ्रेण्ड्स क्लबलाई १–० गोलले पराजित गर्दै हिमालयन शेर्पाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
सोमबारको खेलस“गै १५ औं संस्करणको जितपुर सिमरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि बुधबार आयोजक नव जनजागृति युवा क्लबसँग भिड्ने छ ।
मंगलबार साँझ हुने पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबले चितवनको हनामी बीएफसी भरतपुरस“ग प्रतिस्पर्धा गर्नेछ । खेलको ९ औं मिनेटमा भारतीय खेलाडी रोबर्ट खोङजोले गरेको गोलले हिमालयनको जितमा निर्णायक बन्यो ।
उत्कृष्ट खेल प्रदर्शन गरेको फ्रेण्ड्सले फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिनु परेको थियो । खेलको ग्रीन इनर्जी म्यान अफ दी म्याच हिमालयन शेर्पाका रोबर्ट खोङजो भए । उनले १० हजार रुपैयाँ र ट्रफी पाए ।
मंगलबार साँझ हुने पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबले चितवनको हनामी बीएफसी भरतपुरस“ग प्रतिस्पर्धा गर्नेछ ।