राइजिङ स्टार प्रथम उपमेयर कप महिला फुटबलको फाइनलमा

चैत्र २८, २०८१ | तिलोत्तमा

कपिलवस्तुको राइजिङ स्टार क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बीस पचहत्तर युवा क्लबलाई १–० गोलले पराजित गर्दै राइजिङ स्टार उपाधि नजिक पुगेको हो । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भूमिका बुढाथोकीले गरेको एक मात्र गोल राइजिङ स्टारको जितमा निर्णायक बन्यो । 

भूमिकाले खेलको ५५ औं मिनेटमा गोल गरेकी थिईन् । उनी प्लेयर अफ द म्याच घोषित भईन् । अब राइजिङ स्टार क्लबले उपाधिका लागि आज हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

बिहीबार हुने दोस्रो सेमिफाइनलमा एमएससी भारत र स्याङ्जाको ट्रिनेटी युवा क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक बुद्घि बहादुर दर्जीले बताए । प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया