राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधि पुलिस क्लबलाई

वैशाख १३, २०८२ | काठमाडौं

काठमाडौंमा अयोजित आठौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अर्को विभगाीय टोली शसस्त्र प्रहरीको नेपाल एपीएफ क्लबाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको हो । पुलिसले एपीएफलाई २५–१५, २५–२३ र २५–१६ को सेटमा पराजित गरेको हो ।

 शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना भएको प्रतियोगिताको उपाधि जितेको पुलिस क्लबले उपाधिसहित ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्दा, उप विजेता बनेको एपीएफ क्लबले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । यसैबीच त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड तेस्रो भएको छ ।

 पहिलो सेटबाटै आर्मी क्लबलाई दबाबमा राखेको न्यू डायमण्डले २५–१९, २५–१२ र २५–१८ को सेटमा जित निकालेको हो । तेस्रो भएको न्यू डायमन्डले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।  


प्रतिक्रिया