ललितपुर सिटीले जित्यो नेपाल सुपर लिग फुटबलको उपाधि

वैशाख १३, २०८२ | काठमाडौं

ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग फुटबलको उपाधि जितेको छ ।

 काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा पोखरा थन्डर्स लाई २–१ गोलले पराजित गर्दै ललितपुरले उपाधि रक्षा गरेको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको ललितपुरले दोस्रो हाफमा थप एक गोल थप्दै उपाधि उचालेको हो ।


 ललितपुरले विदेशी खेलाडी मार्फत ४१ औं र ७३ औं मिनेटमा गोल गरेको थियो । पोखराका लागि ६२ औं मिनेटमा सुदिल राईले एक गोल फर्काए । उपाधि विजेता ललितपुरले ८० लाख रुपैयाँ पुरस्कार पाएको छ भने उप–विजेता बनेको पोखराले ३० लाख रुपैयाँ प्राप्त गरेको छ ।

नेपाल स्पोट्र्स एन्ड इन्भेट्स म्यानेजमेन्टको आयोजनामा गत चैत १७ गतेबाट सुरु भएको तेस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।   


प्रतिक्रिया