आइसीसी लिग–२ सिरिजकालागि नेपाली टोली स्कटल्याडतर्फ

जेष्ठ १, २०८२ | काठमाडौं
आइसीसी लिग–२ सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्ड प्रस्थान गरेको छ । नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट ल पारिवारिक कारणले यसअघि नै इंग्ल्याण्ड गइसकेका छन् । प्रशिक्षक स्टुअर्ट उतैबाट टोलीमा समावेश हुनेछन् भने कप्तान रोहित पौडेलको परीक्षा भएकाले केही दिनपछि जाने छन् ।
नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग–२ सिरिजपछि नेपालले ती देशहरुसँग टी–२० आई सिरिज खेल्नेछ । सो सिरिज जुन १५ देखि २० सम्म हुनेछ । आठ टोली सहभागी लिगमा नेपाल अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।
नेपालले १२ खेल खेल्दा २ जित सहित ६ अंक मात्र छ । अंक तालिकाको पुछारमा रहेको युएईको पनि समान ६ अंक छ । तर रनरेटमा युएईभन्दा नेपाल अघि छ । लिग–२ को शीर्ष चारमा रहेर एकदिवसीय मान्यता जोगाउन नेपालका लागि सन् २०२५ का तीन वटा सिरिज महत्वपूर्ण छ।