स्पिनर लामिछानेले क्यानको केन्द्रीय सम्झौतामा हस्ताक्षर नगर्ने

जेष्ठ १, २०८२ | काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय सम्झौतामा हस्ताक्षर नगर्ने भएका छन् ।
सामाजिक संजाल फेसबुकमार्फत सन्दीपले केन्द्रीय सम्झौतालाई निरन्तरता नदिने जनाएका हुन् । लामिछानेले क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको बताएका छन् ।
आफूलाई निरन्तर साथ दिएको भन्दै लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई धन्यवाद समेत व्यक्त गरेका छन् । सन्दीपले आफू नेपालबाट भने निरन्तर खेल्ने प्रष्ट पारेका छन् ।