नेपाल हङकङसँग ७ विकेटले पराजित

वैशाख ३०, २०८२

आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । नेपालले जितका लागि हङकङलाई ३० रनको लक्ष्य दिएको थियो । सो लक्ष्य हङकङले ४ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा पुरा ग¥यो । 

बर्षाका कारण खेल प्रभावित खेलमा नेपालले ५ ओभरमा ३ विकेट गुमाउँदै मात्र २९ रनको योगफल बनाएको थियो । नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई छन् । 


प्रतिक्रिया