साफ यू–१९ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित

जेष्ठ २, २०८२ | काठमाडौं
नेपाली टोली साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको छ ।
भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली स्टेडियममा बंगलादेशले नेपाललाई २–१ गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा बंगलादेशले पहिलो गोल गर्दै अग्रता लिएको थियो । पुनः ८१ औं मिनेटमा बंगलादेशले गोल थप्दै नेपाली टोलीलाई २–० को दबाबमा राखेको थियो ।
८७ औं मिनेटमा नेपाली टोलीले जवाफी १ गोल फर्काएपनि त्यसपछि गोल हुन नसक्दा पराजित भएको हो । यसअघि समूूहचरणको खेलमा नेपाली टोली भारतसँग ४–० गोलले पराजित हुँदा श्रीलंकाविरुद्ध ५–० गोलको जित निकालेको थियो । आजको जितसँगै बंगलादेशले उपाधि यात्रा कायमै राखेको छ ।