थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३१ खेलाडी छनोट

जेष्ठ ३, २०८२ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले थाइल्याण्डविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि दोस्रो चरणमा ३१ जना खेलाडी छनोट गरेको छ ।

 महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ जना छनोट गरेका हुन् । प्रशिक्षक तामाङलाई थाइल्याण्ड भ्रमणसम्मको लागि मुख्य प्रशिक्षकको रुपमा राखिएको छ । 

छनोट प्रतियोगिताको तयारी स्वरुप नेपालले थाइल्याण्डसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ । पहिलो खेल बैंककमा यही मे ३० मा बन्द प्रशिक्षणमैत्री खेलको रुपमा हुनेछ भने दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आगामी जुन २ मा हुनेछ ।

थाइल्याण्डविरुद्धको दुई मैत्रीपूर्ण खेललाई एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ को छनोट तयारीको रुपमा हेरिएको छ । एएफसी महिला एसियन कप छनोटमा नेपाल रहेको समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तान छन् । छनोट चरणका खेलहरु आगामी जुन २३ बाट जुलाई ५ सम्म चल्नेछ ।


प्रतिक्रिया