महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटः नेपाल सुपर थ्रीमा प्रवेश

जेष्ठ २, २०८२ | काठमाडौं

नेपाल आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ । 

थाइल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत बहराइन र हङकङबीचको खेल वर्षाका कारण रद्द भएसँगै नेपाल समूह सीको शीर्ष स्थानमा रहँदै सुपर थ्रीमा पुगेको हो । यो सँगै जारि प्रतियोगिताको सुपर थ्रीमा थाइल्याण्ड, यूएई र नेपालबीच प्रतिस्पर्धा हुनेछ । 

नेपाल समूह सीबाट शीर्ष स्थानमा रहँदै सुपर थ्रीमा पुगेको हो । यस्तै यूएई समूह बी र थाइल्याण्ड समूह ए बाट शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेका हुन् । समूह सीमा रहेको नेपालले समूह चरणको सबै ४ खेल खेली ५ अंक बटुलेको छ । 

हङकङ नेट रन रेटमा नेपालभन्दा अगाडि रहे पनि प्रतियोगिताको नियामावलीअनुसार सर्वाधिक खेलमा विजय हात पार्ने टोलीका रुपमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले २ खेल जितेको छ भने हङकङले १ खेल मात्र जितेको छ । सुपर थ्री अन्तर्गत हुने खेलका शीर्ष दुई टोली टि–ट्वान्टी विश्वकपका लागि छनोट हुनेछन् ।  


प्रतिक्रिया