यू–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेटमा नवलपरासी विजयी

जेष्ठ ११, २०८२ | तिलोत्तमा

रुपन्देहीमा जारी लीला सेञ्चुरी मेमोरियल यू–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा नवलपरासीले कपिलवस्तविरुद्ध सहज जित हात पारेको छ । भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा आइतबार भएको खेलमा नवलपरासीले कपिलवस्तुलाई ११ रनले पराजित गरेको हो । 

जितका लागि नवलपरासीले दिएको ८८ रनको सामान्य लक्ष्य पछ्याएको कपिलवस्तु २० ओभर २ बलमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । कपिलवस्तुका लागि आर्यन पाण्डेले बनाएको १९ रननै व्यक्तिगत ठूलो स्कोर रहृयो । 

सुरज यादव १४ बनाएर आउट भए । अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन । तीन जना खेलाडी रननै नबनाई आउट भए । बलिङमा नवलपरासीका लागि तिलक सापकोटाले सर्वाधिक ६ विकेट लिए । सापकोटाले ६.२ ओभर बलिङ गर्दै २४ रन मात्र खर्चिए । यस्तै, अजय चाईले तीन र प्रेम सागर यादवले एक विकेट हात पारे ।

त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नवलपरासीले १८ ओभर एक बलमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

नवलपरासीका अजय चाईले सर्वाधिक ३२ रनको योगदान गरे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नवलपरासीका तीन जना ब्याटर पनि शून्य रनमा पभेलियन फर्किए । 

अन्तिममा आएका साजन पङुगेनी नटआउट रहे । बलिङमा कपिलवस्तुका रौनक श्रीवास्तवले सर्वाधिक चार विकेट हात पारे । कामरन अहमदको नाममा तीन विकेट रहृयो । आइतबारको खेलमा नवलपरासीका तिलक सापकोटा म्यान अफ दी म्याच घोषित भए । उनले कपिलवस्तुको ६ विकेट लिएका थिए ।


प्रतिक्रिया