नेपालले एशिया कप छनोटमा आज लाओसको सामना गर्दै

जेष्ठ २७, २०८२ | काठमाडौं
नेपालले एएफसी एशिया कप फुटबल छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा आज लाओसको सामना गर्दैछ । नेपाल र घरेलु टोली लाओसबीचको खेल लाओ नेशनल स्टेडियममा साँझ पौने ६ बजे हुनेछ ।
तेस्रो चरणको छनोटमा नेपालको यो दोस्रो खेल हुनेछ । नेपाली राष्टिय फुटबल टोलीका लागि भुटानपछि अर्को प्रतिद्वन्द्वी टोली लाओस हो । जसकाविरुद्ध नेपालले अहिलेसम्म हार बेर्होनुपरेको छैन ।
नेपाल लाओसबीच अहिलेसम्म ६ वटा खेल भएको छ । त्यसमध्ये नेपालमा चार खेलमा विजयी भएको छ भने दुईमा बराबरी भएको थियो । त्यसमध्ये एक जित भने टाइब्रेकरमा पाएको हो । आजको खेल नेपालका लागि प्रतिद्वन्द्वी लाओसमाथि दोहोर्याएर प्रभुत्व कायम राख्ने अवसर पनि हुनेछ ।
यसअघि नेपाल मलेसियाविरुद्धको खेलमा पराजित भएको थियो । एएफसी एशिया कपमा नेपाल रहेको समूह ‘एफ’मा भियतनाम पनि रहेको छ । भियतनाम यस समूहको सबैभन्दा बलियो टोली हो ।
समूहको शीर्ष स्थानमा रहने एउटा टिमले मात्र सन् २०२७ को एसिया कपमा प्रवेश पाउनेछ । नेपाली टोलीका प्रशिक्षक म्याट रसले नेपाली टिमले अन्तिम समयसम्म आफ्नो लडाईं कायम राख्नुपर्ने बताएका छन् ।