क्लब विश्वकप फुटबलः चेल्सी ३–१ गोलले पराजित

असार ७, २०८२ | काठमाडौं
अमेरिकामा जारी क्लब विश्वकपमा चेल्सी फ्लामिङोसँग ३–१ गोलले पराजित भएको हो ।
समूह डि अन्तर्गत गएराति भएको खेलमा पहिलो हाफमा १–० को आग्रता बनाएको चेल्सीले दोस्रो हाफमा आफ्नो अग्रता जोगाउन नसक्दा पराजित भएको हो । चेल्सीले खेलको १३ औं मिनेटमा पहिलो गोल गरेपनि फ्लामिङोले पुनरागमन गर्दै ६२, ६५ र ८३ औं मिनेटमा गोल गर्दै चेल्सी विरुद्ध सहज जित निकालेको हो ।
केहिबेर अघि सम्पन्न समूह सीको अर्को खेलमा बार्यान म्युनिख एटलेटिको बोका जुनिर्यसविरुद्ध २–१ गोलले विजयी भएको छ । क्लब विश्वकप अन्तर्गत भएका अन्य खेलमा बेन्फिकाले अकल्याण्ड सिटीलाई ६–० गोलले पराजित गर्दा पेरीस सेन्ट जर्मेन पीएसजीमाथि ब्राजिलको क्लब बोटाफोगोले १–० गोलको जित निकालेको छ ।