क्लब विश्वकपमा इन्टर मिलानको पहिलो जित

असार ८, २०८२ | काठमाडौं

इन्टर मिलानले फिफा क्लब विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । अमेरिकाको लुमेन फिल्ड स्टेडियममा भएको समूह ‘इ’को पछिल्लो खेलमा जापानी क्लब उरवा रेड डाइमन्ड्सलाई २–१ गोलले पराजित गरेको हो ।

इन्टरले आफू पछाडि रहेको स्थितिबाट फर्किएर उरवा रेड डाइमन्ड्सविरुद्ध जित निकालेको हो । इन्टरको जितमा भ्यालेन्टिन कारबोनीले दोस्रो हाफको अतिरिक्त समयमा निर्णायक गोल गरे । 

उरवा रेडले रेममा वातानबेको गोलले अग्रता लिएपछि इन्टरका लागि कप्तान लउतारो मार्टिनेजले बराबरी गोल फर्काएका थिए । लगातार दोस्रो हारपछि रेड डाइमन्ड्सको प्रतियोगितामा चुनौती समाप्त भएको छ ।

यस्तै, फिफा क्लब विश्वकपमा बोरुसिया डर्टमुन्डले पहिलो जित निकालेको छ । समूह ‘एफ’को खेलमा डर्टमुन्डले मामेलोडी सनडाउन्सलाई ४–३ ले पराजित गरेको हो । 

यो जितपछि डर्टमुन्डको दुई खेलबाट चार अंक भएको छ । मामेलोडीको समान २ खेलबाट तीन अंक रहेको छ । 


प्रतिक्रिया