एएफसी एसिया कप छनोटका लागि नेपाली महिला फुटबल टोलीको घोषणा

असार ६, २०८२

उज्वेकिस्तानमा आयोजना हुने एएफसी एसिया कप छनोट फुटबलका लागि नेपाली राष्ट्रिय महिला टिमको घेषणा गरिएको छ । 

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले आज छनोट खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार घोषित टिमको गोलरक्षकमा एन्जिला सुब्बा, उषा नाथ र अञ्जना रानामगर छन् । 

यस्तै डिफेन्डरमा गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृत जैशी छन् । मध्यपंक्तिमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सबिता रानामगर र सरस्वती हमाल परेका छन् । फरवार्डमा भने सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् ।

 उज्वेकिस्तानमा हुने छनोट खेलमा नेपालले लाओस, श्रीलंका र घरेलु टिमको प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिताको समूह विजेताले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउने छ ।   


प्रतिक्रिया