महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने नियुक्त

आश्विन ९, २०८२ | काठमाडौं



अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त गरेको छ ।

एन्फाका महासचिव किरण राईले ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा न्यौपानेलाई आज नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

न्यौपानेले उज्वेकिस्तानमा सम्पन्न एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगितामा नेपाली युवा टोलीको नेतृत्व गरेका थिए । बेल्जियमका प्रशिक्षक प्याट्रिक डि वाइल्डले मुख्य प्रशिक्षकबाट राजीनामा दिएसँगै महिला टोली दुई महिनायता प्रशिक्षकविहीन थियो ।

वाइल्डले उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियन कप छनोट प्रतियोगितामा टोलीको नेतृत्व गरेका थिए । तर, एन्फाको व्यवस्थापनप्रति असन्तुष्टि जनाएका वाइल्डले प्रतियोगिता सकिएको केही सातापछि एन्फालाई राजीनामा पत्र पठाएका थिए ।

यस्तै, एन्फाले सहायक प्रशिक्षकमा भगवती थापा र राजकुमार केसीलाई नियुक्त गरेको छ । 

त्यस्तै टिम म्यानेजरमा विन्द्रा देवान र ‘फिजियोथेरापिस्ट’ मा शिला गिरीकै निरन्तरता रहनेछ । एन्फाले ‘किट’ म्यानेजरको जिम्मेवारी विकास गुरुङलाई दिएको छ ।


प्रतिक्रिया