साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइलनमा नेपालले आज भारतको सामना गर्दै

आश्विन ९, २०८२ | काठमाडौं
श्रीलंकामा जारी साफ अण्डर १७ च्याम्पियनसिपको सेमिफाइलनमा आज नेपालले भारतको सामना गर्दैछ ।
खेल नेपाली समयअनुसार राति पौने ८ बजे कोलम्बोस्थित रेसकार्स रंगशालामा हुनेछ । नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।
बलियो प्रतिस्पर्धी भारतलाई हराउन सके नेपालले इतिहास रच्ने छ । भारत भने समूह ‘बी’को विजेता हो ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो । दोस्रो खेलमा बंगलादेशले नेपाललाई ४–० ले पराजित गरेको थियो ।
समूह ‘बी’मा भारतले शतप्रतिशत नतिजा निकालेको छ । उसले भुटान, पाकिस्तान र माल्दिभ्सलाई हराएको छ ।