शुभमन गिललाई भारतीय वान डे क्रिकेट टोलीको कप्तानको जिम्मेवारी

आश्विन १८, २०८२ | काठमाडौं
शुभमन गिल भारतको एकदिवसीय अन्तर्राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तान बनेका छन् ।
रोहित शर्माले टोलीको कप्तानी गर्दै आएकोमा गिललाई नयाँ जिम्मेवारी दिइएको हो । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अनुसार यही अक्टोबर १९ देखि हुने अष्ट्रेलियाविरुद्धको तीन खेलको सिरिजका लागि गिललाई कप्तान चयन गरिएको हो । यद्यपि रोहितलाई भने ब्याट्सम्यानको रुपमा एकदिवसीय टोलीमा छनोट गरिएको छ ।
रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा लिएपछि भारतीय टेस्ट टोलीको समेत गिलले कप्तानी गरिसकेका छन् । २६ वर्षीय गिलले एक दिवसीय क्रिकेटमा ५५ खेलमा २ हजार ७ सय ७६ रन बनाएका छन् । जसमा ८ वटा सतक र १८ वटा अर्धशतक समावेश छ ।