राष्ट्रिय फुटबल टोली भियतनाम प्रस्थान

आश्विन २१, २०८२ | काठमाडौं

एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ गएको छ ।

एन्फालेललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिजोटोलीको बिदाइ गरेको थियो ।

नेपालले भियतनामसँगको अवे म्याच अक्टोबर ९ मा बिन दुंग रंगशालामा खेल्नेछ ।

त्यस्तै नेपालको आफ्नो होम म्याच पनि अक्टोबर १४ मा भियतनाममै खेल्नेछ ।

नेपालको घरेलु मैदान दशरथ रंगशाला अयोग्य भएपछि एएफसीले नयाँ न्युट्रल मैदान खोज्न एन्फालाई भनेको थियो ।

नेपालले केही समयअघि बंगलादेशविरुद्ध घरेलु मैदानमा खेलेको टोलीबाट ६ परिवर्तन गरेको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध हुने म्याचका लागि यसअघि नै २३ सदस्यीय टोली बनाएका छन् । 


प्रतिक्रिया