इंग्लिस प्रिमियर लिगमा एर्भटनको जित

आश्विन २०, २०८२ | काठमाडौं

एभरटनले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २–१ को सानदार जित निकालेको छ ।

यो जितपछि एभरटनको ७ खेलबाट ११ अंक भएको छ ।

एभरटन सातौं स्थानमा उक्लेको छ  ।

हारका बावजुत प्यालेस १२ अंकसहित पाँचौं स्थानमा छ  ।

हारसँगै प्यालेसको १८ खेलको अपराजित यात्रा पनि टुंगिएको छ ।

हिजै भएको अर्को खेलमा न्युकासल युनाइटेडले भने सेन्ट जेम्स पार्कमा नटिङ्घम फरेस्टलाई २–० ले हरायो ।

न्युकासलको यो लिगमा लगातार दोस्रो जित हो । फरेस्ट भने ५ अंकमै सीमित छ ।


प्रतिक्रिया