आईसीसी टी–२०आई वरीयतामा नेपालको एक स्थान सुधार

आश्विन २८, २०८२ | काठमाडौं
नेपाल आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक स्थान माथि उक्लिएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गरेर १७औं स्थानमा पुगेको हो ।
नेपालले गत सेप्टेम्बरमा वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई शृंखला जितेको थियो । त्यसपछि टी–२० विश्वकप छनोट खेलिरहेको नेपाल हालसम्म अपराजित रहेको छ । १७औं स्थानमा रहेको नेपालको १ सय ७५ रेटिङ छ । यस्तै, नेपाली क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अलराउण्डर वरीयतामा शीर्ष ५ भित्र छन् ।