एनपीएल सिजन टुः लुम्बिनी लायन्सद्वारा अष्ट्रेलियाका डार्शी शर्टलाई अनुबन्ध

आश्विन ३०, २०८२ | काठमाडौं

लुम्बिनी लायन्सले आगामी मंसिरमा हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटका लागि अष्ट्रेलियन खेलाडी डार्शी शर्टलाई अनुबन्ध गरेको छ । 

अष्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका डार्शीलाई टोलीमा अनुबन्ध गरेको लुम्बिनीले जानकारी गराएको हो ।

 उनले अष्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । 

३५ वर्षिय बाँया हाते ओपनिङ ब्याटर डार्शीसँग इन्डियन प्रिमियर लिग आईपीएल, बिग ब्यास लिग जस्ता विश्वस्तरिय लिग खेलेको अनुभव छ । 


प्रतिक्रिया