इंग्ल्यान्डका बेन चाल्सवर्थले काठमाडौंबाट एनपीएल खेल्ने
कार्तिक १५, २०८२ | काठमाडौं
एनपीएलको फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले इंग्ल्यान्डका बेन चाल्सवर्थलाई टोलीमा अनुबन्ध गरेको छ ।
देव्रे हातले ब्याटिङ गर्ने २४ वर्षीय चाल्र्सवर्थलाई युवा खेलाडीका रुपमा काठमाडौंले टोलीमा अनुबन्ध गरेको हो । फस्ट क्लास फम्र्याटका ५७ खेलमा ३१ रन माथिको औषतमा उनले २ हजार ७ सय ५४ रन बनाइसकेका छन्, जसमा ४ शतक र १५ अर्धशतक समावेश छ ।
यस्तै टी–२० मा बेनले ४४ खेलमा ३ अर्धशतकसहित ७ सय ७६ रन बनाइसकेका छन् । गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमारसँग नयाँ सिजनका लागि सम्झौता गरिसकेको छ ।
यसअघि हिजो मात्रै दक्षिण अफ्रिकाका स्टार ब्याटर फाप डु प्लेसिसलाई विराटनगर कंग्सले टोलीमा अनुबन्ध गरेको थियो ।








