विश्वकप लिग–२ : नेपाल लगातार तेस्रो खेलमा पराजित

कार्तिक १५, २०८२ | काठमाडौं

यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । पछिल्लो पटक आज भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ७२ रनको लक्ष्य अमेरिकाले ६ बल बाँकी रहँदै ६ विकेटको क्षतिमा पूरा गरेको हो । त्यसअघि अमेरिकाले टस जितेर फिल्डीङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिनु एक बल अघि अल आउट हुँदै २ सय ७१ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ७५ रनकोे योगदान गरे । ओपनर कुशल भुर्तेलले ४७, करन केसीले ४९ तथा भिम सार्कीेले ४३ र कप्तान रोहित कुमार पौडेलले ३६ रन बनाए । लिग टु अन्तर्गत यस अघि भएका दुई खेल नेपालले लगातार गुमाएको थियो । अब नेपालले युएइसँग खेल्न बाँकी छ ।  


प्रतिक्रिया